Suchana Vatika

‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ — प्रधानमन्त्री बालेनको मातातीर्थ औँसी सन्देश

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औँसीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले भनेका छन्- माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् ।

नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् ।

उनले लेखेका छन्- ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’

आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.