Suchana Vatika

संयुक्त राष्ट्रसंघमा आरोग्य दिवस मनाइयो, आरोग्य क्षेत्रमा विश्वकै नेतृत्व लिन नेपाल तयार

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा पहिलो ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा विशेष उच्चस्तरीय कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा नेपालले आरोग्यको क्षेत्रमा विश्वकै नेतृत्व लिन सक्ने सन्देश प्रवाह गरिएको जीवन विज्ञान प्रतिष्ठानले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘शान्ति, समृद्धि र दिगोपनाका लागि समग्र आरोग्य’ भन्ने मुख्य विषयमा केन्द्रित सो कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, संयुक्त राष्ट्र संघका अधिकारी, वैज्ञानिक, अनुसन्धानकर्ता तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो ।

आफ्नो सम्बोधनका क्रममा शर्माले आरोग्यलाई शारीरिक स्वास्थ्यको घेराबाट बाहिर निकालेर चेतना, सजगता र आत्मसम्बन्धको रूपमा व्याख्या गरे । ‘वर्तमान विश्वको प्रमुख समस्या आन्तरिक असन्तुलन हो,’ उनले भने, ‘यसको समाधान चेतनाको विकासमा मात्र सम्भव छ र नेपालसँग विश्वले खोजिरहेको आरोग्यसम्बन्धी प्राचीन ज्ञान र अभ्यास उपलब्ध छ ।’ उनले यस क्षेत्रमा नेपालले विश्वलाई नै नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आह्वान गरे । 

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार हाल विश्वभर एक अर्बभन्दा बढी मानिसहरू मानसिक स्वास्थ्य समस्याबाट जुधिरहेका छन् । यस्तो अवस्थामा आरोग्यको समग्र दृष्टिकोणले व्यक्ति र समाजलाई सन्तुलन र शान्तितर्फ डोर्‍याउने अपेक्षा गरिएको छ ।

नेपालले संयुक्त राष्ट्र संघमा पेश गरेको प्रस्तावका आधारमा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ घोषणा गरिएको हो । नेपालको यस प्रस्तावलाई विश्वका १४३ सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।

यसै सन्दर्भमा, गत अप्रिल १५ मा काठमाडौंको टुँडिखेलमा पनि भव्य कार्यक्रम आयोजना गरिएको थियो । करिब १ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारीहरूले ‘नेपाल आरोग्य वर्ष २०२७ घोषणा गरेका थिए ।

Capture
By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.