Skip to main content

Suchana Vatika

गृहमन्त्री गुरुङको स्पष्टीकरणः मिडिया ट्रायल उनीहरूको छटपटी मात्र हो

काठमाडौँ । पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदार भएको समाचार बाहिरिएसँगै गृहमन्त्री सुधन गुरुङले सोमबार राति फेसबुकमार्फत स्पष्टीकरण दिएका छन् ।

उनले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको भन्दै भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा नरोकिने लेखेका छन् । 

गृहमन्त्री गुरुङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन ।’

उनले भ्रष्टाचारविरुद्धको कारबाहीमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै ठुला भ्रष्टाचारीहरूमाथि यत्तिको मेहनत नदेखिएकोमा असन्तुष्टि जनाएका छन् । ‘दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ,’ उनले थप लेखेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.