Suchana Vatika

सिंहदरबारमै हंगामा! नेविसंघको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग्दै पक्राउ ,

गृहमन्त्री सुधन गुरूङको राजीनामा लगायत माग राख्दै नेपाल विद्यार्थी संघले सिंहदरबारभित्रै पुगेर प्रदर्शन गरेको छ।
आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक चलिरहेका बेला
सिंहदबारभित्र नेविसंघका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्। गृहमन्रीको राजीनामा र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै
प्रदर्शन गरिएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए। प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको उनको भनाइ छ। नेविसंघका भुवन भट्ट, कुम्भराज देउवा, मञ्जन देवकोटा, प्रज्ञा योगी, सुनिल ऐडिलगायतले प्रदर्शन गरेका हुन्। उनीहरूले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा र मूल्यवृद्धिको विरोध गरेका थिए।
नेविसंघ नेता भट्टले जनताले विश्वास र भरोसा गरेको सरकार जनताप्रति जबाफदेही हुनुपर्ने र गम्भीर नैतिकताको प्रश्न उठे मन्त्रीले छनबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए। प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.