सरकारले भारतसँग सरकार–सरकार (G2G) प्रणालीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल खरिद गर्न कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
हालसम्म कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ग्लोबल टेन्डरबाट मल ल्याउने गरिँदै आएको थियो। तर टेन्डर प्रक्रियामा ढिलाइ हुँदा किसानले समस्या भोग्दै आएका थिए।
#BreakingNews #Nepal #Agriculture #Suchanavatika