काठमाडौँको थापाथलीस्थित भत्काइएको सुकुम्बासी बस्तीमा पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्बासीको पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले नक्कली सुकुम्बासीका कारण वास्तविक भूमिहीन नागरिक समस्यामा परेको भन्दै सुकुम्बासी बनेर सरकारी जग्गा भाडामा लगाउनेमाथि कडा कारबाही गर्नुपर्ने बताए। साथै, वास्तविक पीडितलाई उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्।
साम्पाङले बस्ती हटाउनुअघि पहिचान प्रक्रिया नगरी डोजर चलाउँदा वास्तविक सुकुम्बासी थप समस्यामा परेको उल्लेख गर्दै नागरिक अधिकारको संरक्षणमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्।
#BreakingNews #HarkaSampang #Kathmandu #Suchanavatika