Skip to main content

Suchana Vatika

१६ वर्षपछि विश्व च्याम्पियन बन्यो स्पेन, अर्जेन्टिनाको उपाधि रक्षा सपना समाप्त ,,

काठमाडौं, ४ साउन । स्पेनले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले अर्जेन्टिनामाथि १–० को जित निकाल्दै १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा आफूलाई स्थापित गरेको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोल नै स्पेनको जितका लागि पर्याप्त बन्यो।

खेलको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। संख्या१६ वर्षपछि विश्व च्याम्पियन बन्यो स्पेन, अर्जेन्टिनाको उपाधि रक्षा सपना समाप्त

त्मक रूपमा कमजोर बनेको अर्जेन्टिनामाथि स्पेनले लगातार दबाब बनाउँदै गोल निकाल्न सफल भयो।

सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जितेको स्पेनले आफ्नो दोस्रो विश्वकप ट्रफी उचालेको छ। अर्कोतर्फ, सन् २०२२ को विजेता अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने सपना अधुरै रह्यो।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले नयाँ पुस्ताको फुटबल शक्तिका रूपमा आफ्नो पुनरागमनको सशक्त सन्देश दिएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.