Suchana Vatika

ओलीका साथीहरू प्रचण्डको घेरामा

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले प्रचण्डलाई घेरा हालिसकेको भन्दै व्यङ्ग्य गरेका छन् ।

नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड संकटमा परिसकेको बताए । ‘एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्डले अब देख्छन्,’ उनले भने, ‘एक ढंगले भन्ने हो भने म खुसी छु। दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरै साथी हुन्। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन् ।’

लामो समय नेकपा एमालेको नेतृत्व पंक्तिमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलजस्ता नेताहरूतर्फ संकेत गर्दै उनले थपे, ‘मेरा साथीले त प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके ।’
ओलीले अब नेकपा माओवादीको वैधानिकता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमा मात्र रहेको बताए । ‘अब नेकपा माओवादी भनेको विप्लवजीहरूको मात्र हो । प्रचण्डहरू अब माओवादी होइनन्,’ उनले भने।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.