Suchana Vatika

बालेन विरोधी – ओली क्याम्पमा पुगे निर्देशन विशाल भण्डारी।

निर्देशक विशाल भण्डारी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा दस्तामा जोडिएका छन् । विभिन्न चलचित्र र टेलिभिजन रियालिटी शो निर्देशन गर्दै आएका भण्डारी भक्तपुरको गुण्डु पुगेर ओलीको सुरक्षार्थ खटिन थालेका हुन् । 

सरकारले ओलीको सुरक्षामा खटिएका आधा सुरक्षाकर्मी फिर्ता बोलाएपछि पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतले साताअघि पार्टी निकट युवाहरुलाई गुण्डु बोलाएका थिए । सुगठित शरिर भएका युवाहरुको फरक फरक समूह बनाएर ओलीको सुरक्षामा खटिने योजना बनाउन बोलाइएको उक्त भेलामा निर्देशक भण्डारी पनि उपस्थित भएका छन् । यससँगै भण्डारीको गुण्डु आउजाउ बाक्लिएको जानकार स्रोत बताउँछ । निर्देशक भण्डारीले यसअघि ओलीको पक्षमा विभिन्न स्टाटस लेख्दै आए पनि खुलेका थिएनन् । तर पछिल्लो समय उनी एमालेमा सक्रिय बनेका हुन् । भण्डारीले ०७९ मा ओलीको समर्थन गरेर काठमाडौँ महानगरपालिका मेयर बालेन साहलाई ‘श्री ८’ भन्दै कटाक्ष समेत गरेका थिए ।  त्यतिबेला भण्डारी र बालेनबीच फेसबुकमा जुहारी चलेको थियो । भण्डारीले ‘अब भत्काउन पुग्यो साथी’ भनेपछि बालेनको जवाफ थियो,  ‘तिमीजस्तो बिकाउ मान्छेलाई जवाफ दिनु छैन।’

स्मरणीय छ, नेपालका चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’, ‘कमेडी नाइट विथ च्याम्पियन’, ‘भ्वाइस अफ नेपाल’, ‘दी भ्वाइस युनिभर्स’ लगायतका कार्यक्रम उनै भण्डारीले निर्देशन गरेका हुन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.