न्यूयोर्कका नयाँ निर्वाचित नगर प्रमुख जोहरान मम्दानीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्।
ह्वाइट हाउसको ओभल कार्यलयमा भएको यो भेट निकै राम्रो र फलदायी रहेको मम्दानीले बताए।
भेटपछि राष्ट्रपति ट्रम्पले मम्दानीको खुलेर प्रसॅशा गरे। ट्रम्पले चुनावमा मम्दानीले “धेरै चलाख मानिसहरूलाई” हराएकोले उनको जितको प्रशंसा गरे ।
ट्रम्पले मम्दानीले भविष्यमा आफ्नो केही विचारहरू परिवर्तन गर्ने रोचक कुरा बताए । आफू सार्वजनिक पदमा आएपछि “मेरो पनि केही विचारहरू बदलिएका छन्” उनले भने ।