जेन–जी आक्रमणको प्रयासपछि नेकपा (एमाले) नेता महेश बस्नेत सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले महेश बस्नेतमाथि आक्रमणको प्रयसा भएको बताउँदै भनिन्,‘ उहाँ सकुशल हुनुहुन्छ, केही भएको छैन ।’ उनका अनुसार बस्नेतसहितका नेताहरू विराटनगरबाट धरान पुगिसकेका छन् ।
सुनसरीको कार्यक्रममा जाँदै गरेका बस्नेतमाथि केहीबेर अगाडि विमानस्थलनजिक जेन–जीहरूले आक्रमणको प्रयास गरेका थिए ।