Suchana Vatika

दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश ”

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई तुरुन्त थुनामुक्त गर्न आदेश जारी गरेको हो।

निराजन प्रसाईंले बुझाएको रिटमा दुर्गा प्रसाईंलाई अवैध रूपमा थुनामा राखिएको दाबी गरिएको थियो। सर्वोच्चले तथ्य–प्रमाण अध्ययनपछि प्रसाईंको थुनामा बसेको अवस्था कानुनसम्मत नदेखिएको निष्कर्ष निकाल्दै रिहा गर्न निर्देशन दिएको हो।

आदेश सार्वजनिक भएसँगै प्रसाईंलाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ। यसअघि विभिन्न मुद्दामा अनुसन्धानका क्रममा उनी सुरक्षा निकायको नियन्त्रणमा रहेका थिए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.