Suchana Vatika

नेपाली कम्युनिस्ट पार्टीमा समाहित नहुने एकीकृत समाजवादी कैलालीको निर्णय

११ मंसिर, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टी कैलालीले नेपाली कम्युनिस्ट पार्टीमा समाहित नहुने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न पार्टी एकीकरण भएर बनेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित नहुने निर्णय भएको एकीकृत समाजवादी कैलालीका सचिव दीर्घ जोशीले जानकारी  दिए ।

उनले जिल्ला कमिटी बैठकले आधारभूत संगठन नभएका, शाही कालका मन्त्रीदेखि विभिन्न जातीय , भेगीय मुद्दा उठाउनेहरू र गैर कम्युनिस्ट पार्टी बनाउनेहरूको एकता भएकाले समाहित नहुने निर्णय गरेको बताए ।

नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्ने र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने गरी गरेको एकतामा समाहित नहुने उनको भनाइ छ।

जोशीले एमालेको नाममा केपी ओलीले कम्युनिस्ट आन्दोलन विसर्जनको बाटोमा लगिरहेको उक्त पार्टी एकताले अहंकारवादलाई बल पुगाउँदै कम्युनिस्ट आन्दोलन समाप्त दिशातिर लैजाने ठहर समेत जिल्ला कमिटीले गरेको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिमलकुमार जोशी, सचिव दीर्घ जोशी र उपसचिव प्रेमलाल चौधरीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिस्ट पार्टीमा समाहित नहुने निर्णय गरेको जानकारी दिएका छन्।

नेपाली कम्युनिस्ट पार्टीले शुक्रबार धनगढीमा एकता सन्देश सभा आयोजना गरिररहेको छ । त्यसको अघिल्लो दिन एकीकृत समाजवादी कैलालीले पार्टी एकतामा समाहित नहुने निर्णय सार्वजनिक गरेको हो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.