Suchana Vatika

नेपालका अध्यक्ष ठाकुरबिच भेटवार्ता प्रधानमन्त्री कार्की र लोसपा

सारांश

  • प्रधानमन्त्री सुशीला कार्की र महन्थ ठाकुरबीच भेटवार्ता भयो, जसमा निर्वाचनको वातावरण बनाउन आग्रह गरियो।
  • अध्यक्ष ठाकुरले चुनावको तयारीमा रहेको र गठबन्धनबारे छलफल भइरहेको जानकारी गराए।
  • ठाकुरले तराई-मधेसको विकासका लागि परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह गरे।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबिच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की र अध्यक्ष ठाकुरबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार भेटवार्ता भएको हो । 

भेटमा प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरेकी छन् । अध्यक्ष ठाकुरले भने आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी गराएका थिए ।

बैठकमा उनले भनेका थिए, ‘हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एक मात्र निकास हो।’  ठाकुरले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह समेत गरेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.