Suchana Vatika

आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै : एनपीएल

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजका लागि अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका छन् ।

चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र एक हारको नतिजा निकालेको छ । काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ ।

दुवै टोलीको समान ४ अंक हुँदा नेट रनरेटमा चितवन अघि छ र तेस्रो स्थानमा छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.