चुनावअघि नियमित वा विशेष महाधिवेशनका विषयमा सभापति देउवासँग खड्का, थापा र शर्मा छलफल गर्न लागेका हुन्। बैठकका लागि शुक्रबार दिउँसो १ बजे को लागि समय तय गरिएको छ। सभापति देउवासँग हिजो साँझ पनि तीन नेताले छलफल गरेका थिए।
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्ने भएका छन्।
- महाधिवेशन चुनावअघि गर्ने वा पछि गर्ने विषयमा कांग्रेसमा विवाद छ र ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन्।
- चुनावअघि महाधिवेशनमा सहमति नपाएपछि केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको छ।
१२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलपफल गर्ने भएका छन् ।
चुनावअघि नियमित वा विशेष महाधिवेशनका विषयमा सभापति देउवासँग खड्का, थापा र शर्मा छलफल गर्न लागेका हुन्। बैठकका लागि शुक्रबार दिउँसो १ बजे को लागि समय तय गरिएको छ। सभापति देउवासँग हिजो साँझ पनि तीन नेताले छलफल गरेका थिए।
बिहीबारको बैठकमा महाधिवेशनमा सहमति जुट्न नसकेपछि आजका लागि तय भएको केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको छ।
महाधिवेशन चनाव चुनावअघि वा पछि गर्नेमा कांग्रेसमा विवाद छ। अर्कोतर्फ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागको आधारमा विशेष महाधिवेशन गर्नुपर्ने लिखित प्रस्ताव गरिएको छ।