Suchana Vatika

पाटन सम्पदा क्षेत्र सवारीसाधन मुक्त, शनिबारदेखि साताका २ दिन

मेयर चिरिबाबु महर्जनका अनुसार ‘पाटन पाइलै पाइलामा’ भन्ने अभियान अन्तर्गत गाडी छिर्न नदिने निर्णय गरिएको छ ।

  • ललितपुर महानगरपालिकाले शनिबारदेखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त घोषणा गरेको छ।
  • मेयर चिरिबाबु महर्जनले ‘पाटन पाइलै पाइलामा’ अभियानअन्तर्गत गाडी छिर्न नदिने निर्णय गरिएको बताए।
  • पहिलो चरणमा शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोकिने र कार्यक्रम दुई महिना परीक्षण गरिने महानगरले जनाएको छ।

१२ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले शनिबारदेखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त (भेहिकल फ्री) घोषणा गरेको छ ।

मेयर चिरिबाबु महर्जनका अनुसार ‘पाटन पाइलै पाइलामा’ भन्ने अभियान अन्तर्गत गाडी छिर्न नदिने निर्णय गरिएको छ । भेहिकल फ्री कार्यक्रम चरणबद्ध विस्तार गरिने समेत उनले जानकारी दिए । उनले हरेक नगरवासीसँग सहयोगको अपेक्षा गरिएको समेत बताए ।

पहिलो चरणमा शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोकिने भएको छ । यसलाई लगातार दुई महिना परीक्षण गरी थप समय र दिन विस्तार गरिने समेत महानगरले जनाएको छ ।

पहिलो चरणमा १३, १७ र २० मंसिरमा सवारी रोकिँदै छ । सोही महिना २४ र २७ गते भने बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने छ ।

दोस्रो चरणमा ५, ९ र १२ पुसमा गाडी निषेध गरिने छ । सोही महिनाको १६ र १९ गते बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने भएको छ ।

महानगरका अनुसार आकस्मिक सेवाका सवारीसाधन बाहेक सबै सवारी रोकेर यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.