Suchana Vatika

प्रचण्ड : नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । 

शुक्रबार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् । उनले आफूहरू निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रूपमा स्थापित गर्न एकताबद्ध भएर लाग्न नेता कार्यकर्ताहरूलाई आह्वान समेत गरे ।

आफूहरू उमेरले ७० वर्ष कटेपनि जेनजी पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गरे । संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रूपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए । 

उनले भने, ‘उमेरले ७० कटेपनि हामी जेनजीभन्दा कम सक्रिय छैनौँ । हामी जेनजीभन्दा कम खटेका छैनौँ । अब सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीलाई एक नम्बर बनाउन कसैले रोक्नै सक्दैन । यो पार्टीलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने अवसर गुम्न नदिनुहोला । सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिबद्ध रहेको पनि बताए । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.