Suchana Vatika

भावविह्वल बालेन पिताको बिदाइमा (तस्वीरहरू)

उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाहका पिता  रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको थियो ।

उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

दाहसंस्कारमा मेयर बालेन भावविह्वल देखिए ।

अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।

बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए । ऊर्जा, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ पनि पशुपति आर्यघाट पुगेका थिए ।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.