Suchana Vatika

पूर्वमन्त्री विसीको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा

काठमाडाैँ । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री यज्ञबहादुर विसीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस सुर्खेत क्षेत्र नम्बर २ का पूर्वक्षेत्रीय सभापति बीसीको मंसिर १५ गते भएको निधनप्रति कांग्रेसले विज्ञप्ति निकालेर दुःख व्यक्त गरेको हो । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार निकालेको विज्ञप्तिमा बीसीको निधनप्रति कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुःख व्यक्त गरेको उल्लेख छ । 

विज्ञप्तिमा खड्काले बीसीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको उल्लेख छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.