Suchana Vatika

कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ, जसअनुसार खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा कायम गरिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, र यसलाई आवश्यकता अनुसार संशोधन गर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (बुधबार) लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1143.50144.10
EUR  (European Euro)1166.57167.27
GBP  (UK Pound Sterling)1189.43190.22
CHF  (Swiss Franc)1178.33179.07
AUD  (Australian Dollar)193.9694.36
CAD  (Canadian Dollar)1102.42102.85
SGD  (Singapore Dollar)1110.56111.02
JPY  (Japanese Yen)109.209.24
CNY  (Chinese Yuan)120.3020.38
SAR  (Saudi Arabian Riyal)138.2338.39
QAR  (Qatari Riyal)139.3839.54
THB  (Thai Baht)14.484.50
AED  (UAE Dirham)139.0739.23
MYR  (Malaysian Ringgit)134.7234.87
KRW  (South Korean Won)1009.779.81
SEK  (Swedish Kroner)115.1715.23
DKK  (Danish Kroner)122.3022.40
HKD  (Hong Kong Dollar)118.4318.51
KWD  (Kuwaity Dinar)1467.46469.41
BHD  (Bahrain Dinar)1380.64382.23
OMR  (Omani Rial)1372.72374.28
By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.