Suchana Vatika

गृहमन्त्री : ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा मंगलबार साँझ नयाँ बानेश्वरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उहाँले सहिदका सपनालाई साकार पार्नु सरकारको चुनावपछिको प्रमुख जिम्मेवारी र दायित्व रहेको बताए ।

मन्त्री अर्यालले सरकारले सहिद तथा घाइते परिवारलाई राज्यले सकेको सबै सुविधा र सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यसँग कुराकानी गर्दै उनीहरूका गुनासा र चासोबारे जानकारी लिएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.