Suchana Vatika

२२ जना फरार प्रतिवादी पक्राउ रौतहटमा

 सारांश

  • रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार २२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका प्रतिवादीहरूलाई जरिवाना र कैद सजाय भुक्तानीका लागि अदालतमा पेश गरियो।
  • सरकारी जग्गा किर्ते गरेको आरोपमा एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरियो।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्वान्यन अभियान अन्तर्गत २२ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।

अदालतबाट कैद तथा जरिबाना तोकिएर लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो।

बहुविवाह, चेक बाउन्स, जालसाजी, सामाजिक अपराध, कुटपिट र लेनदेनसम्बन्धी मुद्दामा संलग्न प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा  शिव कुमार राई ,कल्लाम, सन्तोष साह, राजकिशोर साह, आनन्द तिवारी , सुशील यादव , सुनीता बैठा, दशरथ दास ततमा, शिव दास ततमा, सनारपतिया ततमाईन, बिचय दास ततमा, रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णुप्रदीप बस्यालले बताएका छन्।

त्यस्तै गंगाराम राय यादव, शिवकली देवी ,रुबी कुमारी पाल, रेवती देवी पाल, बन्हु राउत पाल, राजेश्वर महतो तुनिया, महादेव राय कुर्मी, विपती देवी, गाईत्री देवी , गंगामाया श्रेष्ठ, ओम नारायण महतो समेत पक्राउ परेका छ्न।

पक्राउ परेका प्रतिवादीहरु बाट कुल कुल २९ हजार ६०७ रुपैयाँ जरिवाना र ११ महिना २५ दिन कैद सजाय भुक्तानीको लागि बिहीवार रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता तथा डिएसपी बस्यालले बताएका छन्।

उता सरकारी जग्गामा किर्ते कागजात बनाएर आफ्नो नाममा लालपुर्जा खडा गरेको आरोप लागेका गुजरा नगरपालिका–४ कनकपुर टोलका ५८ वर्षीय शेख मेराजलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

अदालतले बुधबार गरेको आदेशअनुसार उनलाई गौर कारागार चलान गरिएको प्रहरीले जनाएको छ। मेराजले कटहरिया नगरपालिका १ भसेढवा स्थित सरकारी स्वामित्वको एलानी ११ विगहा ७ कट्ठा १५ धुर जग्गा नक्कली कागजातको भरमा जग्गाधनी प्रमाण–पत्र, मालपोत, भूमिकर रसिददेखि चारकिल्ला प्रमाणित गराएको थियो।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सियाईबीको पत्रको अनुसार सरकारी जग्गा हिनामिना गर्ने प्रयास भएको भन्दै मेराजलाई प्रहरीले गत कार्तिक २७ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीले बताएका छन्। किर्ते कार्यमा संलग्न अन्य आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.