Skip to main content

Suchana Vatika

सीडीओ रिजालमाथि भ्रष्टाचारको अनुसन्धान जेनजी आन्दोलन दमनको आरोप खेपेका तत्कालीन

अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।

Summary

  • सहसचिव छवि रिजालमाथि जेनजी आन्दोलन दमन र भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ।
  • रिजालले २३ भदौमा आन्दोलनमा गोली चलाउन आदेश दिएको विषय सर्वोच्च अदालतमा राजनीतिक समन्वयको काम भनेको जवाफ दिएको छ।
  • रिजालमाथि कर्मचारीलाई अध्यागमन कार्यालयमा पठाउँदा पेशागत आचरण विपरित काम गरेको आरोप छ र अख्तियारले विशेष अदालतमा अनुसन्धान विवरण पठाएको छ।

२६ मंसिर, काठमाडौं। जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनमा गोली चलाउन आदेश दिएका थिए । सर्वोच्च अदालतमा पठाएको जवाफमा उनले त्यसलाई ‘राजनीतिक समन्वयमा गरिएको काम’ भनेका छन् ।

तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए ।

तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप छ ।

अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।

गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँगको सेटिङ, गृहसचिव गोकर्णमणि दुवाडी एवं अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको अस्वभाविक गतिविधि र डायरीलगायतका विवरणमा नाम उल्लेख भएकाहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

रिजाललाई हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.