Suchana Vatika

शंकर पोखरेल : २३ र २४ भदौको घटनामा ओलीलाई जिम्मेवार देखाउने दुष्प्रयास गरियो

‘…केपी शर्मा अ‍ोलीका विरुद्धमा जुन प्रकारले प्रचारबाजी गरियो । एक प्रकारले भन्ने हो भने, २३ र २४ भदौको घटनामा हाम्रो पार्टीका अध्यक्षलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरियो,’ पोखरेलले भने ।

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौको घटनामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरिएको बताएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘…केपी शर्मा अ‍ोलीका विरुद्धमा जुन प्रकारले प्रचारबाजी गरियो । एक प्रकारले भन्ने हो भने, २३ र २४ भदौको घटनामा हाम्रो पार्टीका अध्यक्षलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरियो,’ उनले भने ।

तर, जेनजीको भावनामा खेलेर नेपालमा लोकतन्त्र कमजोर बनाउने प्रयास भएको उनले बताए । २३ र २४ भदौमा जुन प्रकारको घटना भए ती लोकतन्त्र विरोधी, गणतन्त्र विरोधीहरू गतिविधि रहेको पनि उनले बताए ।

मुलुकमा एक प्रकारको भय र त्रास र प्रतिगमनतर्फ धकेल्ने प्रयास भइराखेको समयमा एमालेले महाधिवेशन गरेको र महाधिवेशनको उद्घाटनमा भएको उपस्थितिले धेरैलाई जवाफ दिएको महासचिव पोखरेलले बताए ।

महाधिवेशनबाट एमालेको नीति कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्ने उनले बताए । एमाले कमजोर नभएको र अझ शक्तिशाली भएर अगाडि बढ्ने उनको विश्वास छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.