Suchana Vatika

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित, राजीनामा दिन नमानेपछि

‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरुमाथि सार्वजनिक रुपमा नै प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसैले हामीले अहिलेलाई अस्थायी रूपमा उहाँका बारेमा त्यस्तो निर्णय लिएका हौं।’

Summary

  • ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ।
  • कार्यसमितिका सदस्यले सार्वजनिक पदमा पुगेपछि विवादमा जोडिएपछि निलम्बन निर्णय गरिएको बताए।
  • उनीलाई विवाद शुरू भएदेखि नै राजीनामा दिन सुझाव दिइएको थियो, तर उनले अस्वीकार गरेकी थिइन्।

२८ मंसिर, काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।

उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो ।

‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरुमाथि सार्वजनिक रुपमा नै प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसैले हामीले अहिलेलाई अस्थायी रुपमा उहाँका बारेमा त्यस्तो निर्णय लिएका हौं।’

उनका अनुसार विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो। तर उनले अस्वीकार गरेकी थिइन् ।

तर विषयवस्तु स्पष्ट पारेमा निलम्बनबारे विचार हुनसक्ने उनले बताए।

उनका अनुसार, सविता भण्डारी बराल एक त सार्वजनिक पदमा पुगेकी थिइन् । अर्कोतर्फ उनले नै गर्नुपर्ने निर्णयका बारेमा समेत सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निर्णय भएको उनले बताए ।

विश्वव्यापी रुपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचार विरुद्ध वकालत गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरको रुपमा टीआई नेपाल सक्रिय छ । वरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् भने यसअघि पटकपटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.