Suchana Vatika

घिमिरे : नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा पुन

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा पुनः रामजी घिमिरे चयन भएका छन् । काभ्रेको पाँचखालमा मङ्सिर २६ र २७ गते भएको आठौँ अधिवेशनले घिमिरेलाई पुनः सर्वसम्मत अध्यक्ष बनाएको हो ।

उनी सातौँ महाधिवेशनबाट पनि अध्यक्ष भएका थिए । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शाह र साहिली गिरीलाई चयन गरेको छ । उपाध्यक्षमा डा.ऋषिकेश भुसाल, रामबहादुर मल्ल र यमबहादुर खड्कालाई चयन गरेको छ । 

त्यस्तै, महासचिवमा मिनराज पन्थी, उपमहासचिवमा शोभा उप्रेती खरेल र इन्द्रजित यादव, कोषाध्यक्षमा महेन्द्र थापा तथा सह-कोषाध्यक्षमा राधिका भुर्तेललाई चयन गरेको नवनिर्वाचित महासचिव पन्थीले जानकारी दिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.