काठमाडौँ । नेकपा एमालेको केन्द्रीय उपाध्यक्षमा निर्वाचित गोकर्ण विष्टले देशलाई अन्योल र निराशाबाट निकास दिलाउन सफल हुने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सङ्गठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै देशलाई अन्योल र निराशाबाट निकास दिलाउन सफल हुने बताएका हुन् ।
उनले प्रतिस्पर्धामा उम्मेदवारका रूपमा भाग लिई लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाउने सबैको भूमिकाप्रति कदर समेत व्यक्त गरे ।
‘खुला प्रतिस्पर्धा र युगले खोजेको रूपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नुहुने कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डेलगायतका सबै नेता कमरेडहरूको निष्ठा, साहस र सङ्घर्षलाई हार्दिक सम्मान छ,’उनले लेखेका छन् ।
