Suchana Vatika

लिङ्देन र ‍थापाले आजै गर्दैछन् हस्ताक्षर, राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता हुने भएको छ ।

Summary

  • राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच ९ पुस, काठमाडौँमा एकता हुने भएको छ।
  • दुवै अध्यक्षबीच सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता हुने भएको छ । आजै दुई अध्यक्षबीच सहमति पत्रमा हस्ताक्षर हुने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘दुई दलबीच एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुन्छ,’ उनले भने, ‘अहिले एकता गर्ने सहमति मात्रै भएको छ । पद बाँडफाँटको कुरा केही भएको छैन । कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार हुनुभयो ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.