Suchana Vatika

सुन्दर र समृद्ध नेपालको सपना, गन्तव्य तय हुँदैछ – रवि-बालेन सम्झौतापछि सञ्चारमन्त्री खरेल भन्छन्

१३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।  उनले लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’

लामो समय पत्रकारितामा सक्रिय खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए । अब सक्रिय राजनीतिमा आउने तयारीमा रहेको उनी निकट स्रोत बताउँछ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.