Suchana Vatika

कांग्रेस नेता केसी : सुध्रिन सके कांग्रेसले कसैको वैशाखी टेक्नुपर्दैन

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिन सके नेपाली कांग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौती नै चुनौती रहेको टिप्पणी गरे ।

सुध्रिएर जनतामाझ जानसके तल्लोस्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको उनको भनाइ थियो । कांग्रेस आफैँ लोकतन्त्रको संरक्षक र संवाहक भएको समेत उनले जिकिर गरे । 

यसैगरी कांग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने भएपनि केही समय सर्नसक्ने अवस्था रहेको बताए । उनले क्रियाशील सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताए । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.