Suchana Vatika

गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टीको सूची बनाउने एकता नभएपछि समानुपातिकको

१४ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उनेपाले संवाद गरेको थियो । काठमाडौंका मेयर बालेनसँग पक्षसँग एकता गर्न उनेपाले पहिलो प्राथमिकतामा राखेको थियो । बालेन रास्वपासँग मिलेपछि पनि त्रिपक्षीय संवाद भएका थिए ।

पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको हो । उनेपाका प्रवक्ता डा. राजु थापाले एकता सम्भव नभएको हुँदा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने कार्य भइरहेको जानकारी गराए ।

थापाले अनलाइनखबरसँग भने, ‘एकता हुन सकेन । हामी हाम्रो दलबाट समानुपातिकका उम्मेदवार हुने नामहरु निश्चित गर्न लागिरहेका छौं ।’

रास्वपासँग एकताका लागि हामी अत्यधिक भएर प्रस्तुत हुँदा पनि उक्त दलका सभापति रवि लामिछानेले एउटा शक्तिलाई अवमूल्यन गरेको हुँदा एकता टरेको उनेपाका एक केन्द्रीय सदस्यले बताए ।

रास्वपाबाट एक प्रकारले ‘पोलिटिकल ह्युमलिएसन’ भएको उनले बताए । ‘रविले कुटिल र हेपाहा प्रवृत्ति देखाए । सुरुमा ३० प्रतिशत सहित मिलौं भनेका उनले अहिले ५ प्रतिशत हिस्सेदारी लिने भए आउ भन्न थाले,’ ती केन्द्रीय सदस्यले भने, ‘आज समानुपातिक सूची बुझाएसँगै देशव्यापी प्रचारमा हामी लाग्छौं ।’

हिजो राति अबेरसम्म पनि एकताका लागि प्रयास भइरहेको थियो । रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले हिजो राति पनि संवाद गरेका थिए ।

निर्वाचन आयोगले समानुपातिक तर्फका नाम पेश गर्ने अन्तिम दिन आज तोकेको छ । दलहरूले समावेशीताको आधारमा ११० उम्मेदवाको सूची बुझाउनुपर्ने हुन्छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.