Suchana Vatika

एमालेले बुझायो समानुपातिकको बन्दसूची, तीन पुस्ताको संयोजन गरेर

‘एमालेले तीनवटा पुस्ताको संयोजन गरेका छ । पुरानो र नयाँ उदीयमान ४० वर्ष मुनिका पनि सामेल गरेका छौं,’ आचार्यले भने।

१४ पुस, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितको टोली पुगेर आयोगमा ११० जनाको बन्दसूची बुझाएको हो ।

बन्दसूची बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले तीन पुस्ताको संयोजन गरेर सूची बुझाइएको जानकारी गराए ।

‘एमालेले तीनवटा पुस्ताको संयोजन गरेका छ । पुरानो र नयाँ उदीयमान ४० वर्ष मुनिका पनि सामेल गरेका छौं,’ आचार्यले भने।

साथै, उनले भयरहित ढंगबाट निर्वाचन गर्नका पनि सरकारलाई आग्रह गरेका छन् । ‘अपांग पिछडिएको क्षेत्र, मधेशी चेपाङ पोडे शेर्पादेखि पिछडिएकालाई स्थान दिएका छौं,’ उनले भने ।

जस अनुसार, एमालेले पुरानो पुस्तामा रामबहादुर थापा बादल, गुरु बराल, पुष्प कँडेल लगायतका छन् ।

पिछडिएकोतर्फ गोरखबहादुर बोगटी लगायत, लाल बहादुर महतारा, लालबहादुर रावल लगायत ८ जना छन् । त्यस्तै, नयाँमा कुरानुतु बुर्ताकोटी, नीता घतानी, भक्तकुमारी लामा, अनिता कन्दङवा र साजिदा सिद्धिकी रहेका छन् ।

अन्य महिलाहरूमा पद्मा अर्याल, टुका हमाल, निरू पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका लिम्बु लगायत छन् ।

मिना बराम, मनकुमारी तितुङ, माया देवी पोडेनी, निर्मल दउला, रामपुकार दास तत्म, सन्त बहादुर चेपाङ, ईच्छा चौधरी लगायत पनि समानुपातिक सूचीमा छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.