Suchana Vatika

जियाको निधन बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ।

८० वर्षीया जियाको मंगलबार बिहान निधन भएको हो। उनको निधन भएको बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको हो।

बिएनपीले सामाजिक सञ्जाल एक्समा जारी गरेको सन्देशमा बिहान करिब ६ बजे, फज्रको नमाजपछि केही समयमै खालिदा जियाको निधन भएको उल्लेख छ। उनी पछिल्ला केही महिनादेखि अस्वस्थ थिइन् र ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत थिइन्।

गत २५ डिसेम्बरमा उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए। उनको स्वदेश फिर्तीको पाँच दिन नबित्दै खालिदा जियाको निधन भएको हो।

चार दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जिया आफ्ना पति जियाउर रहमानको हत्या पछि राजनीतिमा प्रवेश गरेकी थिइन्।

सन् १९८१ मा राष्ट्रपति रहेका जियाउर रहमानको हत्या भएपछि उनले बिएनपीको नेतृत्व सम्हालेकी थिइन्।

उनी सन् १९९१ मा उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।

बिएनपीले सन् १९९१ को निर्वाचन जितेपछि उनी प्रधानमन्त्री बनेकी थिइन् भने सन् २००१ मा पुनः सत्तामा फर्केर २००६ सम्म सरकारको नेतृत्व गरिन्।

बिएनपीले पछिल्ला तीन संसदीय चुनाव बहिस्कार गरेको थियो।

सन् २०२४ मा शेख हसिनाविरुद्ध सुरु भएको आन्दोलनलाई खालिदा जियाले समर्थन गरेकी थिइन्। हाल बिएनपी बंगलादेशको सबैभन्दा ठूलो राजनीतिक दल मानिन्छ र आगामी चुनावमा सत्ता प्राप्त गर्ने सम्भावना रहेको चर्चा छ।

शेख हसिना प्रधानमन्त्री रहेका बेला खालिदा जिया जेलमा थिइन्।

उनका छोरा तारिक रहमानलाई पनि विभिन्न मुद्दामा दोषी ठहर गरेको थियो।

तर, मोहम्मद युनूसको नेतृत्वमा बनेको अन्तरिम सरकारले खालिदा जिया र तारिक रहमानलाई ती मुद्दाबाट उन्मुक्ति दिएको थियो।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.