Suchana Vatika

गोष्ठीको उद्घाटन विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा

 सारांश

  • विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भयो, जसमा गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरे।
  • गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने र निर्वाचनको विकल्प नभएको बताए।
  • गोष्ठीमा आसन्न निर्वाचनको सुरक्षा र शान्तिपूर्ण वातावरणबारे छलफल भयो, जसमा १४ जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए।

विराटनगर । मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गरेका हुन् । सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने बताए । उनले भने– ‘निर्वाचन बिना देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’ 

फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहौल बनिसकेको अर्यालले बताए । उनले भने– ‘निर्वाचन गराउन सरकार दृढ भएर लागेको छ ।’ 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की आसन्न निर्वाचन सम्पन्न गर्न अझै केही बाधा र अड्चन भएता पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए । गोष्ठीमा कोशी प्रदेशका १४ वटा जिल्लाका सुरक्षा प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।

गोष्ठीमा जिल्ला सुरक्षा समितिका अधिकारीहरूले आ–आफ्ना जिल्लाको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा देखिन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक रणनीति तय गर्नेछन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.