Suchana Vatika

स्थान हद फुकुवा रमेश लेखकको

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।

१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

बुधबार पुरक बयानलिएसँगै आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो । आयोगले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराइसकेको छ ।

गत असोज १२ गते बसेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.