Suchana Vatika

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

Summary

  • निर्वाचन आयोगले मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।
  • आयोगले राजनीतिक दल र सरोकारवालाको सुझाव लिएर आचारसंहिता तयार पारेको छ।
  • आचारसंहितामा सूचना प्रविधि नियमन, हरित निर्वाचन, भर्चुअल प्रचार, र चुनावी खर्च नियन्त्रण समावेश छन्।

१८ पुस, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने अभ्यास छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘गत निर्वाचनहरूमा आयोगले ५०/५२ दिन अगाडिदेखि निर्वाचन आचारसंहिता जारी गर्ने गरेको अभ्यास छ । त्यही अभ्यासलाई पच्छ्याउँदै आगामी दिनमा आयोगले आचारसंहिता लागू गर्ने मिति निर्धारण गरेर लागू गर्नेछ ।’

आयोगले आचारसंहिता पारित गरिसकेको छ । प्रवक्ता भट्टराईका अनुसार राजनीतिक दल र सरोकारवाला सबैको सुझाव लिए आचारसंहिता तयार पारिएको छ ।

सूचना प्रविधिको प्रयोगको नियमन हुने विषय आचारसंहितामा छ । हरित निर्वाचन अन्तर्गतका प्रावधान राखिएका छन् । जस अन्तर्गत भर्चुअल प्रचारलाई प्रवर्द्धन गर्ने नीति लिइएको छ ।

निर्वाचन सामग्री समेत पलास्टिकको प्रयोग नगर्ने नीति आयोगको छ । यसअनुसार राजनीतिक दलले पनि प्रयोग गर्नुपर्ने भनिएको छ ।

राजनीतिक दलहरूले मत माग्न जाँदा घोषणापत्र बनाएर लैजानुपर्ने विषय पनि आचारसंहितामा छ । निर्वाचन पछाडि चुनावी घोषणापत्र कति कार्यान्वयन भयो वा भएन भनेर त्यसको प्रतिवेदन तयार पारी सार्वजनिक गर्नुपर्ने लगायतका विषय समेत समेटिएको छ ।

उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण लगायका विषय आचारसंहितामा समावेश छ । निर्वाचन खच बैंक मार्फत गर्नुपर्ने प्रावधान पनि राखिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.