Suchana Vatika

रास्वपाले बनायो स्वर्णिमको नेतृत्वमा उपसमिति, उम्मेदवार छनोटका लागि

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।

उपसमितिको सदस्यहरू भने पार्टी सचिवालयले मनोनयन गर्नेछ । उपसमितिमा संयोजकसहित ७ जना सदस्य रहनेछन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.