Suchana Vatika

४ जिप र १२ मोटरसाइकल बरामद कागजपत्र नभएका

 सारांश

  • रौतहट प्रहरीले शंकास्पद अवस्थामा १६ वटा सवारी साधन नियन्त्रणमा लियो।
  • प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
  • नियन्त्रणमा लिइएका सवारी साधनबारे थप अनुसन्धान भइरहेको छ, एसपी रबिन कार्कीले जानकारी दिए।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न स्थानमा गरेको सवारी साधन चेकजाँचका क्रममा एकैदिनमा शङ्कास्पद अवस्थाका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्दा कागजपत्र नभएको ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार सवारी साधनका कागजात, प्रयोगको अवस्था तथा अन्य शङ्कास्पद पक्षबारे अनुसन्धान जारी रहेको छ। पछिल्लो समय रौतहटमा चोरीको सवारी साधन बढ्दै गएको विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच अभियान चलाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.