काठमाडाैँ । अग्रज कलाकार हरिवंश आचार्यले काठमाडौंमा सवारीसाधनको चाप धेरै भइसकेको बताएका छन् । शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मानिसहरु ट्राफिक नियममा विस्तारै बाँधिरहेको तर सवारीसाधनको व्यवस्थापनमा समस्या आइरहेको बताए । भविष्यमा सवारीसाधन चलाउनै नसक्ने स्थितिमा पुग्नसक्ने उनले बताए । सडक विस्तार गर्न समेत जमिन अधिग्रहण गर्न नसक्ने स्थितिमा सरकार रहेको बताए ।
कलाकार आचार्यले सार्वजनिक सवारी साधन कम रहेको बताए । ट्राफिक व्यवस्थापनमा गम्भीरताका साथ लाग्नुपर्ने बताए ।