सारांश
- दीपक खड्काले बीपी कोइरालालाई आदर्श मानेर राजनीतिमा आएको बताए।
- उनले निर्वाचनका लागि काठमाडौं र संखुवासभाका सबैलाई उपस्थितिका लागि आग्रह गरे।
- खड्काले रुख चिन्हमा मतदान गर्न र गराउनसमेत आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले आफू बीपी कोइरालालाई भगवान् र आदर्श मानेर राजनीतिमा आएको बताएका छन्। आम निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै उनले रुख चिन्ह र चारतारे झन्डाबाहेक अरू सोच्न वा कल्पना गर्न पनि नसक्ने स्पष्ट पारेका हुन्।
भोलि माघ ६ गते आम निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको भन्दै खड्काले काठमाडौँ तथा सङ्खुवासभामा रहेका सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्। उनले सङ्खुवासभाको खाँदबारीस्थित पार्टी कार्यालयमा बिहान १० बजे जम्मा भई निर्वाचन कार्यालयमा जाने मनोनयन प्रक्रियामा सहभागी हुन अनुरोध गरे।
खड्काले सङ्खुवासभाका सम्पूर्ण मतदाता तथा कांग्रेस नेता–कार्यकर्तालाई रुख चिन्हमा मतदान गर्न र गराउनसमेत अपिल गरेका छन्। बीपी कोइरालाले जन्माएको पार्टीको चुनाव चिन्ह र झन्डाप्रति आफ्नो पूर्ण निष्ठा रहेको उनको भनाइ छ।