Suchana Vatika

कांग्रेस संसदीय बोर्ड बैठक बस्दै उम्मेदवार टुंगो लगाउन

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् ।

बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराए । ‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने निश्चित भएको छ । संसदीय बोर्डको बैठक बसेर उम्मेदवारको टुंगो लगाउँछौं ।’

संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु हिजोदेखि संवादमा जुटेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.