Suchana Vatika

रास्वपाका दुई जनालाई रुपन्देही–२ मा टिकट

६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर २ मा दुई जनालाई टिकट दिएको छ । रास्वपाले सुलभ खरेल र आशिष सुवेदीलाई उम्मेदवारको टिकट दिएको हो ।

बालेन शाह पक्षका आशिष सुवेदीलाई पहिले नै टिकट दिइएको थियो । तर अबेर राति फेरि सुलभ खरेललाई पनि टिकट प्रदान गरिएको स्रोतले बतायो । एउटा निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिइएपछि रास्वपामा विवाद भएको छ ।

रुपन्देहीको क्षेत्र नम्बर १ र २ मा बालेन पक्षका उम्मेदवार बनेसँगै कार्यकर्ता असन्तुष्ट बनेपछि खरेललाई अबेर राति टिकट प्रदान गरिएको थियो ।

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका विष्णु पौडेल उम्मेदवार छन् । नेपाली कम्युनिष्ट पार्टीले सुवास पाण्डे (विश्वदीप)लाई उम्मेदवार बनाएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.