Suchana Vatika

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत – कीर्तिपुर क्रिकेट रंगशाला

सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ ।

Summary

  • सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ।
  • सहरी विकास मन्त्रालयले रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि निर्देशन दिएको छ।
  • सरकारले रंगशालामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ।

८ माघ, काठमाडौं । सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।

सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिएको थियो ।

सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ । त्यसपछि यो रंगशालाको क्षमता अभिवृद्धि भएर अत्याधुनिक बन्ने छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.