Suchana Vatika

बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते – नेपालगञ्जमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् ।

 Summary

  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै सडकमा गाडीबाट खसेका छन्।
  • जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले ४/५ जना समर्थक गाडीबाट खसेको र सामान्य घाइते भएको जानकारी दिएका छन्।
  • बालेन शाह २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका छन् र चुनावी प्रचारका लागि पश्चिमा क्षेत्रमा पुगेका छन्।

१२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् ।

बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।

‘४/५ जना समर्थकहरु गाडीबाट खसेको भन्ने आएको छ । विमानस्थलभित्रैको सडक भएकाले गाडी स्पिडमा नभएको हुँदा सामान्य घाइते भएको भन्ने जानकारी आएको छ’ एसपी जिसीले भने ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका छन् । उनी चुनावी प्रचार-प्रसारका लागि अहिले पश्चिततर्फ गएका छन् ।  बालेन भने झापा ५ बाट चुनाव लड्दैछन् ।

झापामा उम्मेदवारी दिएर पूर्वी पहाडी जिल्ला पुगेर बालेन काठमाडौं फर्किएका थिए । त्यसपछि उनी आज पश्चिम लागेका हुन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.