Skip to main content

Suchana Vatika

झापा–५ मा कुनै जोखिम छैन, एमालेको विश्लेषण

सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे ।

१६ माघ, काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् ।

सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे ।

‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं,’ पोखरेलले सुनाए, ‘त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’

झापा–५ मा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । सो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.