Suchana Vatika

महामन्त्री पौडेल : सबै काम पूरा गर्न सकिन होला तर बिगारेको केही छैन

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी कांग्रेसले आत्मसात गरेको दाबी गरेका छन्।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसमक्षको भेटघाट कार्यक्रमाा बोल्दै उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै नभई युवा पुस्ताको आन्दोलनलाई आफूहरुले आत्मसात गरेको जिकिर गरे।

महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताए।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको उनको दाबी छ । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताए।

 सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरु केलाएको उनको दाबी छ।

‘मैले सबै काम गरेँ म भन्दिनँ । कतिपय जति प्रभवकारिता प्रस्तुत गर्न सक्नुपर्दथ्यो, त्यो सकिँदो रहेनछ । कतिपय कुराहरु अनुभवले पनि सिकाउने रहेछ । आज राज्य प्रणालीलाई शत प्रतिशत बुझेको छु भन्दिनँ तर सबै पक्षबाट पहिला भन्दा राम्रोसँग बुझेको छु । सुधार कहाँ कहाँ गर्नुपर्ने हो, समाधान के हो भन्नेमा म स्पष्ट छु। मैले पहिला सबै गरेँ भन्दिनँ तर केही बिगारेको पनि छैन,’ उनले भने।

महामन्त्री पौडेलले यसअघि जिताउँदा बेलाको जस्तै आफू अहिले पनि त्यस्तै रहेको बताए।

आफूप्रतिको विश्वास आगमी निर्वाचनमा पनि गरिदिन आग्रह गरे। उनले नयाँ पन खोजिएको अवस्थामा नयाँ फेरिने मात्रै नभइ परिणाम सकारात्मक खोजिएको बताए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.