Suchana Vatika

अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन – अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन

‘जीवनमा यस्तो मौका पनि आयो । परिस्थितिले ल्याएको हो । रहरले पनि होइन । मैले खोजेर गएको पनि होइन । परिस्थितिले बाध्य बनायो । म आएँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । उनले केहीबेरदेखि सभालाई सम्बोधन गरिरहेकी हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले यो ठाउँसम्म पुर्‍याएको बताइन् । पहिलोपटक संसद्लाई सम्बोधन गरेको बताउँदै उनले परिस्थितिले बाध्य भएर यो अवसर पाएको बताइन् ।

‘जीवनमा यस्तो मौका पनि आयो । परिस्थितिले ल्याएको हो । रहरले पनि होइन । मैले खोजेर गएको पनि होइन । परिस्थितिले बाध्य बनायो । म आएँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘र अहिले यो जुन अवसर मैले यहाँ पाएँ, सायद जीवनमा फेरि पाउन कठिन छ होला । मैले पाउने आशा गरेको पनि छैन ।’

आज पहिलोपटक यस्तो अनुभव गर्न पाएकोमा खुसी लागेको उनले बताइन् ।

‘आज यसलाई जीवनमा एउटा राम्रो अनुभव, यस्तो मोड आएकोमा समयले साथ दिएर आएकाले खुसी लागेको छ । यो हेर्ने अवसर पनि पाएँ, बोल्ने मौका पनि पाएँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.