Suchana Vatika

मृतक परिवारलाई जनही एक लाख राहत दिने – सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटना

बैतडीमा १३ जनाको मृत्यु भएको दुर्घटनामा मृतक परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ। 

शुक्रबार सुदूरपश्चिम मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो। बैठकले घाइतेको सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।

बैतडीमा बिहीबार बेलुका साढे ७ बजेतिर पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घर तर्फ फर्किने क्रममा सु. प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा १३ जनाको मृत्यु भएको हो। बस झन्डै एक सय मिटर मुनी

बित्थडचिर गाउँपालिका–७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारीका अनुसार ४२ वर्षीय मृतक नरेशनराज जोशी वडासचिव हुन्।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ को पशु सेवा शाखाका नायब प्राविधिक सहायक पदमा कार्यरत २४ वर्षीय बसन्तराज जोशीले पनि ज्यान गुमाएका छन्। 

त्यस्तै बित्थडचिर–७ घर भइ बझाङको महादेव माध्यमिक विद्यालय, लिममा अँग्रेजी विषय पढाउने ४२ वर्षीय शिक्षक विष्णुदत्त जोशीको पनि सोही दुर्घटनामा परी मृत्यु भएको वडाध्यक्ष अधिकारीले सेतोपाटीलाई बताए। 

दुर्घटना भएपछि विवाहको उल्लासमय वातावरण शोकमा परिणत भएको वडाध्यक्ष अधिकारीले बताए।

बित्थडचिर गाउँपालिका–७ वडाले शुक्रबार शोक बिदा दिएको छ।

प्रहरी निरीक्षक बलदेव बडुका अनुसार पाँच जना गम्भीर घाइतेको धनगढी, २५ जनाको डडेल्धुरामा र चार जना सामान्य घाइतेको बझाङको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 

दुर्घटना लगत्तै फरार चालक कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालका ४२ वर्षीय वीरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको थियो।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.