Suchana Vatika

विश्वकपबाटै शेर मल्लको राष्ट्रिय टिममा डेब्यु – टी-२०

Summary

  • मिस्ट्री स्पीनर शेर मल्लले भारत र श्रीलंकामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपलको सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्।
  • शेर मल्ल इंग्ल्यान्डविरुद्धको खेलमा पहिलो रोजाइमा परेका थिए र यसपटक टी-२० विश्वकपमा १५ मध्ये ५ खेलाडीले डेब्यू गरेका छन्।
  • टी-२० विश्वकपमा शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पनि डेब्यू गरेका छन् र इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

२५ माघ, मुम्बई । मिस्ट्री स्पीनर शेर मल्लले आईसीसी टी-२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।

भारत र श्रीलंकामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् ।

यस पटक टी-२० विश्वकपका लागि नेपाली टिममा रहेका १५ मध्ये ५ खेलाडी पहिलो पटक टी-२० विश्वकप टिम समावेश भएका थिए । जसमा शेरले मात्र डेब्यू गर्न बाँकी थियो ।

शेरसहित आरिफ शेख, लोकेश बम, नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका छन् ।

खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.